मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ। यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ। त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ। दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ। तर, ब्रस गर्ने सही तरिका के हो ? त्यो भने जान्नु जरुरी हुन्छ।
ब्रसमा थोरै मञ्जन लगाउँनुहोस्: ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ। धेरै मञ्जन लगाउँनु भनेको खेर फाल्नुमात्र हो। धेरै मञ्जनले दाँत चम्काउँने होइन। मञ्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन्।
कसरी ब्रस गर्ने? : आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस्। पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस्। ब्रसलाई गोलो आकार दिँदैं दाँतमा घुमाउनुहोस्।
राम्ररी ब्रस गर्नुहोस्: ब्रस गर्दा हात हल्का बनाउँनुहोस्। दाँतबाहिर, भित्र र चपाउने बंगारामा सफा गर्नुहोस्। दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस्।
जिब्रोको सफाई: दाँतसंगै जिब्रो पनि सफा गर्नुहोस्। जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ। यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ।
हरेक तीन महिनामा ब्रस बदल्नुहोस्: ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस्। दन्तरोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ।
कम्तीमा दुई मिनेटसम्म ब्रस गर्नुहोस्: यदि तपाईंको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस्। कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ। दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ।
तीनपटक भन्दा बढी ब्रस नगर्नुहोस्: दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ। जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसंग आक्रमण गर्न सक्छ। यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस्। दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ। तर, दैनिक तीनपटकभन्दा बढी ब्रस गर्नुहुन्न। धेरैपटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ।
कस्तो ब्रस प्रयोग गर्ने: ब्रस जहिले पनि नरम प्रयोग गर्नुपर्छ। कडा ब्रस प्रयोग गर्दा गिजामा असर र चोट पर्न सक्छ।-(ऐजेन्सी)