जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।

त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ

-कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापाैं

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं

-हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट