सर्लाही,मंसिर- २९ , जिल्लाको हरिपुर नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलुक कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमको हरिपुर नगरपालिका मेयर गोपाल पजियारले मल्हनिया ताल परिसरमा उद्घाटन गरेका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित , व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले नीति तथा कार्यक्रम बनाएर संस्थाको समन्वयमा पालिकाको सबै वडामा कार्यक्रम संचालन गरिने हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।कार्यक्रमबाट वैदेशिक रोजगारीमा गएका, फर्किएर आएका र जाने तयारी गरिरहेकाहरु नागरिक लाभान्वित हुने पालिकाले जनाएको छ ।
नगरले नीति तथा कार्यक्रम बनाउदा वैदेशिक रोजगारीमा जानेका लागि सीपमूलक र विदेशबाट फर्किएर आएकालाई आयमुलुक कार्यक्रम लागू गर्न सहभागीहरुले माग गरेका छन ।कार्यक्रममा जनप्रतिनिधि कर्मचारी ,वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका र त्यहाबाट फर्केकाहरुको सहभागीता रहेको थियोे ।