सर्लाही,मंसिर -२९, जिल्लाकाे ब्रहम्पुरी गाउँपालिका -३ मा बिहीवार दिउसो ३ बजे ट्याक्टरले माेटरसाइकलमा ठक्कर दिदा एक पुरूषकाे मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् ।
मृत्युु हुनेमा महोत्तरी ईटहरवाकट्टी -७ का अन्दाजी – ५७ वर्षीय सुरेन्द्र मण्डल रहेका छन् ।
हुलाकी सडक खण्ड अन्तर्गत पर्सा बाट मलंगवा तर्फ जादै गरेको ज.२ त.५२७ नं को.ट्याक्टरले विपरित दिशा तर्फ जादै गरेको BR 30 V 1673 नं माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सवार रामनगर गाउँपालिका-४ का अन्दाजी – ३१ वर्षीय युवा, संजय मण्डलको दाहिने खुट्टा भाचिएको छ । घाइते मण्डलकाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरकाे ठक्करबाट गम्भीर घाइते भएका सोही माेटरसाइकलमा सवार सुरेन्द्र मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएकोमा डाक्टर मृत घोषणा गरेका थिए । मृतकको लाश सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर,माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएको र खाेजतलास भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकृत प्रनाउ बिजय यादवले जानकारी दिएका छन् ।