सर्लाही,मंसिर -२८, जिल्लाको  ईश्वरपुर नगरपालिका -९ पाेखोरी टोलमा बुधवार बिहान ८ बजे ट्याक्टरले ठक्कर दिदाँ एक  युवाको मृत्यु भएको छ।


मृत्यु हुनेमा  माेटरसाइकल चालक माेहत्तरी सोन्मा गाउँपालिका -२ का अन्दाजी  ३५ वर्षीय  उदय कु साह रहेका छन् ।
उनी पर्सा पर्टेवा सुगौली गाउँपालिका  चि.चु.टा स्वस्थ्य शाखामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
मोहनपुर बाट बयलवास तर्फ आउदै गरेको ज ११ प ५८६४ नं.
काे माेटरसाइकललाई  बयलवास बाट खोरीटोल तर्फ जाँदै गरेको  प्रदेश २-०३-००१२४४० नं.को  ट्रयाक्टले ठक्कर दिदा टाउको,नाक,दाहिने हात,दाहिने खुट्टामा चोट लागि गम्भीर घाइते  भएका साहकाे  सिद्धिबिनायक अस्पताल बयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तर्फ पठाइएकोमा बिहान ११ बजे  बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएकाे प्रहरी टाेलिले ठक्कर दिने ट्रयाक्टर , ट्रयाक्टर चालक र माेटरसाइकल नियन्त्रणमा लिई आवश्यक  अनुसन्धान कार्य भईरहेको र लास पोष्टमार्टम पश्चात मृतकको दाईले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै बुधवार बिहान ११ बजे सर्लाही ईश्वरपुर न.पा.-६ राधा कृष्णा मन्दिरको प्राङ्गनमा मागी खाई हिड्ने पहाडी मुलकको जस्तो देखिने अन्दाजी ३०/३५ को पुरुष मृत अवस्थामा फेला परेका छन् ।
लासकाे ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएकाे प्रहरी टाेलिले आवश्यक प्रक्रिया पूरा गरि  लास पोष्ट मार्टम को लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको र लास अस्पतालकै शव गृहमा राखिएको अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकृत प्रनाउ बिजय यादवले जानकारी दिएका छन् ।