गहुँ खेती प्रविधि
गहुँ खेती गर्न कम खनजोत वा सतहि छराई गर्ने तरीकाबाट गर्न सकिन्छ । रोटोभेटर वा पावर ट्रेक्टरबाट जोताई गरी सोझै गहुँ छर्न सकिन्छ । जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण गर्ने गरी जमिनको तयारी गर्नुपर्छ । खेत तयार भएपछि आवश्यक मलखादको आधा भाग नाइट्रोजन, पुरा भाग फसफोरस र पुरा भाग पोटास हाल्ने र राम्रोसँग खेतमा मिसाएर मात्र बिउ छर्ने काम गर्नुपर्दछ । बाँकी नाइट्रोजनको मात्रा यूरीयाको माध्यमबाट पहिलो र दोस्रो सिंचाईपछि टप ड्रेस गर्नु पर्दछ ।
सिंचाई
जमिन सुख्खा छ भने बाली लगाउनुभन्दा अगाडी नै सिंचाई गर्नुपर्छ । गहुँ बालीमा पानी जम्मा हुन दिनु हुँदैन तसर्थ खेत राम्ररी सम्याएको हुनुपर्छ । दुई चोटी सिंचाई गर्नु जरुरी छ ।
गोडमेल
समय–समयमा गोडमेल गरी झारपात निकाल्नुपर्छ । गहुँको थारोपना (स्टरलिटी) हटाउन सुक्ष्म तत्व बोरेक्स २ के.जी. प्रति हेक्टर छर्दा प्रभावकारी हुन्छ । पहेलो सिन्दूरे रोग सहन सक्ने जात डब्लु.के. १२०४ लगाउँदा राम्रो हुन्छ । श्रोत संरक्षण विधि सम्बन्धि प्रविधिको विकास भईसकेकोले धान काट्नु अघि सतहमा बीउ छर्ने । धान काटेपछि जमिन जोतखनन् नगरी माटोमा चिस्यान नसुकदै सीड ड्रिल मेसिन वा पावर टिलर वा रोटोभेटरद्वारा सामान्य खनजोत गरी मल बिउ छर्ने । श्रोत संरक्षण विधिबाट खेती गर्न गौतम, भृकुटी, आदित्य र एन.एल ९७१ जात ठीक समयमा छर्नका लागि उपयुतm भएको र ढिलो छर्नका लागि विजय र भृकुटी जात उपयुक्त हुन्छ । गहुँ राम्रोसँग पाकेर पुरै दाना सुकेपछि काट्नुपर्छ । भण्डारण गर्दा राम्रोसँग घाममा सुकाएर मात्र गर्नुपर्छ । भण्डारण गर्दा हावा नछिर्ने पोली ब्यागको प्रयोग गर्नु उत्तम हुन्छ । भण्डारण गर्दा किरा नलाग्न दिन नीमको धुलो, तितेपातीको धुलो प्रयोग गर्न सकिन्छ ।
बीउको छनौट : उन्नत जातको बीउ छनौट गर्ने ।
बीउको उपचार : भाइटाभेक्स २०० बिषादी ३ ग्राम प्रति के.जी.गहुँ बीउमा राम्ररी मिसाई उपचार गर्ने ।
मूख्य जातको छनौट (जातीय छनौट)
उच्च पहाड तथा मध्य पहाडको लागि : अन्नपूर्ण –१, अन्नपूर्ण –३, अन्नपूर्ण –४, गौरा, धवलागिरी, डब्लु.के. – १२०४, पासाङ ल्हामु ।
तराईका लागि : भृकुटी, गौतम, आदित्य, एन.एल. ९७१, बि.एल. – १४७३, विजय ।
जग्गाको तयारी : प्रयाप्त चिस्यान संरक्षण गरी जमीनलाई गहिरोसँग जोत्ने र कम्पोष्ट १०–१५ मे.टन प्रति हेक्टर माटोमा मिलाउने ।
मलखाद : १०–१५ मे.टन प्राङ्गारीक वा गोठेमल सहित १००ः५०ः२५ के.जी. प्रति हेक्टरका दरले नाइट्रो जन, फोसफोरस र पोटास अर्थात (डि.ए.पि. ३.५ के.जी., यूरिया २.२ के.जी., म्युरेट अफ पोटास १.५ के.जी. प्रति कठ्ठा) जग्गा तयारीकोबेला प्रयोग गर्ने ।
बीउ छर्ने तरीका :
१२० के. जी. प्रति हेक्टर बीउ छर्ने र माटोले सम्याउने । ४ किलोग्राम बीउ प्रति कठ्ठाका दरले छर्ने । ढिला छर्दा ४.५ के.जी. प्रति कठ्ठा बीउ छर्ने ।
सिंचाई व्यवस्थापन :
१. सुख्खा भएमा बाली लगाउनु अगाडी सिंचाई
गर्ने ।
२. पहिलो सिंचाई बीउ उम्रेको २१ दिनपछि ।
३. दोस्रो सिंचाई बाला पसाउने बेलामा ।
गहुँ छर्ने तरीका :
१. बीउलाई सोझै माटोमा छर्ने (छरुवा प्रविधि)
२. ३–४ सेन्टीमिटर गहिरो गरी बीउ लाईनमा राख्ने र एकहारको दूरी २० सेन्टीमिटर राख्ने ।
झारपात नियन्त्रण : गोडमेल गरी झार निकाल्ने र बिषादीको प्रयोग नगर्ने ।
मलखादको मात्रा : ५० के. जी. नाइट्रोजन टप ड्रेसिङ्गमा प्रयोग गर्ने ।
टप ड्रेसिङ्ग : टप ड्रेसिङ्ग गर्ने पहिलो सिँचाईपछि ।
पानीको व्यवस्थापन : जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण हुनुपर्छ ।
पानीको निकास : उपयुतm नाला र कुला बनाई पानीको निकास गर्ने ।
कटनासक विषादीको प्रयोग : किराहरु देखिए मात्र प्रयोग गर्ने ।
रगीङ्ग गर्ने तरिका : बेजात, झारपात, अस्वस्थ बोट तथा अन्य बालीको बोट बिरुवा झिक्ने ।
बीउको लागि छनौट तरीका : पाक्नुभन्दा अली अगाडीनै रगीङ्ग गर्ने र स्वास्थ बीउ छान्ने ।
अन्य ब्यबस्थापन : बाली चक्र र मिश्रण खेती प्रविधिको प्रयोग ।
गहुँ काट्ने : अवस्था बाली पहेलिन थालेर दाना सुख्खा भएपछि काट्ने
चिस्यान अवस्था :
काट्दा १८–२०% चिस्यान दानामा हुन्छ । राम्ररी सुकाएर १०–१२% चिस्यान भएपछि मात्र भण्डारण गर्ने ।
गहुँ चुट्ने : गहुँ कम क्षति हुनेगरी चुट्ने ।
गहुँ भण्डारण : ३–४ दिनसम्म राम्ररी सुकाएर भण्डारण गर्ने ।
स्रोत: कृषि व्यवस्थापन सूचना प्रणाली