सर्लाही,मंसिर-२१,हालै सम्पन्न  प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बखत  नो-रोड नो-भोट भन्ने नाराका साथ आन्दोलना उत्रिएक स्थानीय संग  गरिएको सम्झौता अनुसार सडक निर्माणको कामले गति नलिएको  भन्दै स्थानी आन्दाेलीत भएका छन् ।


सम्झौता अनुरूप  हुलाकी सडकको काम तुरुन्त सुरु गर्न र सडक नबन्दासम्म धुलो नउडने गरि दिनको तीनपटक सडकमा पानी छर्कनु पर्ने माग राख्दै,  मलंगवा नगरपालिका वडा न-७ मुसैलीका जनताहरु आन्दाेलीत भएका हुन ।
उनीहरूले आज  बिहानैदेखि मलंगवा-गोडैता हुलाकी सडक ठप्प पारि  विरोध जनाएका  थिए ।आफुहरुको माग पूरा नभएसम्म यसैगरी दैनिक रुपमा विभिन्न  विरोधका कार्यक्रमहरु गरिरहने आन्दोलित स्थानीय युवाहरुले बताएका छन्  ।
मधेसको सामाजिक र आर्थिक विकाससँंग जोडिएको सर्लाही जिल्लाकाे पूर्वमा ब्रम्हपुरी गाउँपालिकाकाको सखुअवा गाउँदेखि पश्चिम रौतहट जिल्लाको सिमाना  बागमती नदीको किनार सम्मको करिब ४० किलोमिटर हुलाकी सडक निर्माण कार्य समयमै पूरा नहुँदा यस क्षेत्र हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुने गरेको छ ।
जसका कारण यश आसपासका बसाेवास गर्ने नागरिकमा स्वासप्रस्वास लगाएतका कैयन बिमारी देखापर्न थालेका छन् ,भने बर्षामा सडकमा हुने खाल्डाखुल्डीका कारण धेरै
दुर्घटनाको सिकार भएका छन् ।कति त ज्यानै गइसकेको छ ।
नागरिकमा गम्भीर समस्या हुदापनि सराेकारवाला निकाए गम्भीर नहुनु दुःखको बिषय भएको स्थानीय बताउँछन् ।
पाँच वर्षभित्र तीन चरणमा कालोपत्रे गर्ने भनी २०७३ सालमै ठेक्का सम्झौता भएको भएपनि पाँच वर्ष बित्दा पनि काम सम्पन्न हुन सकेको छैन् ।सडक निर्माणमा सराेकारवाला निकाय गम्भीर हुनुपर्ने स्थानीयकाे माग छ ।