चियोचर्चो खबर,  १८—माघ, आईतवार ईश्वरपुर – लामो समयदेखि थला परिरहेका ईश्वरपुर नगरपालिका–४ का लालबाबु भूजेललाई शनिवार ह्वील चेयर प्रदान गरिएको छ ।

लायन्स क्लब अफ लालबन्दी सीटीले भूजेललाई एक थान ह्वील चेयर प्रदान गरेको हो । शनिबार भूजेलको घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

क्लबले यसअघि लालबन्दी नगरपालिकाभित्रका अशक्त, अपांगता भएका व्यक्तिलाई यस्ता सामाग्री प्रदान गर्दै आएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले भूजेलका छोराछोरीलाई कापी र कलम किन्न ईश्वरपुरका व्यवसायी एंव समाजसेवी रुस्तम मिकरानीले शनिबार नै २ हजार रुपैयाँ नगद समेत प्रदान गरेका छन् । लायन्स क्लबले ह्वील चियर प्रदान गरेपछि चार वर्षदेखि थला परिरहेका भूजेलले खुसी व्यक्त गरेका छन् ।