सर्लाही,मंसिर -२१,सर्लाही ब्रहमपुरी गाउँपालिका.- ६ नौकिलवामा एक बालबालिकाकाे  पोखरीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा  देवशरण रायको अन्दाजी १० वर्षीया  छोरी उषा कुमारी यादव रहेकि छिन् ।


घरबाट हराएकी उषालाई  खाेजतलास गर्दे क्रममा मंगलवार साझ ५ :३०  बजे घरबाट ४०० मिटर पुर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा डुबी मृत अवस्थामा स्थानीयले फेला पारेका थिए ।
घटनाको जानकारी पाउनासाथ पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी लासकाे पाेस्टमार्टमकाे लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रनाउ. बिजय श्रेष्‍ठले जानकारी दिएका छन् ।

त्यस्तै जिल्लाकाे लालबन्दी नगरपालिका -१ नवलपुरमा तीन तले घरको ब्राण्डाबाट लडेर एक जनाएको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका – ४ बिरेन्द्र बजार बस्ने अन्दाजी  ५० वर्षीय भरतलाल लामा रहेका छन् ।
नवलपुर स्थित संजय कुश्वाहाको घरमा डेरा गरि बस्दै आएका लामा घरको ब्राण्डामा बस्ने क्रममा अचानक तल खसेर घाईते भएका थिए ।
उनलाई उपचारको  लागि हरिवन स्थित नमुना अस्पताल लागिएकोमा उपचारको क्रममा मंगलवार रात पाैने ९ बजे चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ ।
लाशकाे  प्रारम्भिक अनुसन्धान कार्य पूरा गरि पाेस्टमार्टमकाे लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।