लालबन्दी मंसिर – २०,स्वर्गिय गजेन्द्रनारायण स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री सम्मानित भएका छन् ।उनी सामुदायिक रेडियो एकता लालबन्दीका समाचार संयोजक पनि हुन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११औं साधारणसभाका अवसरमा जिल्लाको पत्रकारिताको क्षेत्रमा पुर्याएकाे योगदानको उच्च मूल्यांकन गर्दै खत्रीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटी उपाध्यक्ष विश्वनाथ ठाकुरले कोरोनाका कारण रोकिएको गजेन्द्रनारायण सिंह स्मृति पत्रकारीता पुस्कार जिल्लाका पत्रकार जनार्जन खत्रीलाई प्रदान गर्न पाउँदा खुशि लागेको बताए । खत्री झण्डै एक दशक यतादेखि पत्रकारितामा सक्रिय छन् ।
आज प्रदान गरिएको पुरस्कार स्वर्गिय गजेन्द्रनारायण सिंहकाे स्मृतिमा मधेस प्रदेशका पूर्व प्रमुख एवम् पत्रकार डा.राजेश अहिराजले बनाएको अक्षयकोषकाे व्याजमा नेपाल पत्रकार महासंघ सर्लाहीको थपेर प्रदान गरेकाे हाे ।