हरिपुर,मंसिर -१८,सर्लाहीको हरिपुर नगरपालिका .-१ मा युवा क्षमता विकास तथा लागूपदार्थ दुव्र्यसन सम्बन्धि दुई दिने जनचेतनामूलक कार्यक्रम सुरु भएको छ।


हरिपुर नगरपालिका वडा नम्बर १ को सहयोगमा मनकामना सामुदायिक संचार संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।वडाध्यक्ष नानीबाबुु थापाले आईतवार मल्हनिया सामुदायिक वनको भवनमा कार्यक्रमको उद्घाटन गरेका संस्थाले जनाएको छ ।
संस्थाका अनुसार दुई दिनसम्म चलनले कार्यक्रमलाई हरिपुर नगरपालिकाका शिक्षा शाखा संयोजक नागेश्वर राय, इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी नायव निरीक्षक धिरेन्द्र यादव र प्रहरी सहायक निरीक्षक सञ्जय साहले सहजिकरण गर्नेछन् । कार्यक्रममा ३० जना युवाहरुको सहभागीता रहेको बताएको छ।