हरिपुर,मंसिर -१५,सर्लाही हरिपुर नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले आयोजना गरेको आमसंचार पत्रकारीता तथा क्षमता विकास कार्यक्रम बिहीबार सम्पन्न भएको छ।


हरिपुर नगरपालिका -५ को लक्ष्मीपुरमा संचालित प्रशिक्षण कार्यक्रम लक्षित वर्गका १७ जना प्रशिक्षार्थीको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
सहभागी प्रशिक्षार्थीलाई कान्तिपुर दैनिकका पत्रकार ओमप्रकाश ठाकुरले प्रशिक्षण दिएका थिए।सहभागी प्रशिक्षार्थीलाई हरिपुर नगरपालिका मेयर गोपाल पजियारले प्रमाणपत्र वितरण गरेका आयाेजक संस्थाले जनाएको छ । समापन कार्यक्रम हरिपर नगरपालिका ५ का वडाध्यक्ष सुरेन्द्र चौधरी , नगरपालिका अधिकृत विनय पौडेल , लेखा अधिकृत भुपेन्द्र सिंह वडा सचिव मिलन सुवेदीलगायतको सहभागीता रहेको थियो। सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मेयर पजियारले पत्रकार समाजको ऐना भएकाले सेवाको रुपमा पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने बताए ।
नगरले पत्रकारीता ,क्षमता विकास तथा युवा सशक्तीकरणको क्षेत्रमा थप कार्यक्रम संचालन गर्ने मेयर पजियारे बताएका ।