मनोज बख्रेल/लालबन्दी ,सर्लाही
सुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ। यो अखडा बनाउनेहरुले यस्को समाधान गर्न दिदै- दिदैनन । वास्तविक भुमिहिन, आवास विहिन , अतिनै संकटमा रहेका हरुको तथ्यांक निकालौ न यस्का लागि इमान्दार प्रयासका लागि स्थानीय सरकार तत्पर र प्रतिबद्ध बनौं भोट घटे घटोस अर्को पटक चुनाव न जिते नजितियोस ।
केही भएन तर समाधान गरेरै छोड्ने बाचा गरौंला न । सकिन्छ गर्न?!


प्रश्न नम्बर -१,अब आउने तथ्यांकमा एकाघरको अलग -अलग भै दर्ता गराउनेको तथ्यांक निकालौ र घटाऔ । यस बाट आउने लाई कुल सुकुम्बासी भनौं वर्गिकरण गरौं यो त पक्कै सकिन्छ गर्न?!-
प्रश्न नम्बर-२,अब , सबैको रोजगारीको अवस्था, बैंक खाता र लगानी आदिका बारेमा स्पष्ट लिखित गरौँ उनीहरुको हस्ताक्षर र औंठा छाप लियौ । यसैको आधारमा सबैको डिटेल चेक गरौं – फर्जी र सक्षम देखिने सबैलाइ माथिको तथ्यांकबाट हटाउ घटाउ । त्यसपछि सुकुम्बासी कार्ड दियौ र समयावधि समेत दियौं । के सकिँदैन र ?
– प्रश्न न-३ त्यसपछि , राज्यले पुनः स्थापनाको लागि स्थान ब्यबस्थापन गरौं र भनौ यो तपाईंको आधार हो सधैका लागि अधिकार होइन आफ्ना लागि यति समयमा आफै गर्नुहोस् हामी राहत स्वरुप यी यी कार्य गर्छौं भन्नुहोस् ।
यो गरेमा भनिएका सुकुम्बासी तथ्यांक २५% मा झर्ने छ। अहिले बनेका सुकुम्बासी हरु कति कति छन् ती सबैको बाजा बज्ने छ । वास्तविक सुकुम्बासीका लागि बढी भन्दा बढी सौलियत पाउने छन् त्यस्ले सुकुम्बासी लाई नै फाइदा पुर्याउने छ । अहिले हुकुमवासिका कारण सुकुम्बासी चरम दु:ख बेहोर्न विवस छन् । डोजर चल्ने ठाउँ नढल्नु पर्ने टहरा हरुपनि ढल्दै छन् । पहिल्यै जल्नु पर्ने हुकुमी का वस्तिहरुपननि बल्दै छन् । यसरी समान न्याय /सामाजिक न्याय स्थापना गर्न सकिदैन । त्यसैले यो विषय गम्भीर छ।
पछिल्लो समय थापाथली खोला छेउमा भएका र नभएका सुकुम्बासी बस्ती माथी नगरको डोजर आक्रामक भएर उत्रिएको छ, भने भनिएका र बनिएका सुकुम्बासी हरु बलभद्र कुवर जत्तिकै भएर मैदानमा आएका छन ।
राजनीति दलहरु र दलालहरु तमासे बनेका छन् । भित्र भित्रै हामी छौ लड है लड नछोड भनिरका छन् । सत्य र सहज बाटोमा आउन रोक्ने लाई ठोकिनु पर्ने लौरो दु:खी गरिव सुकुम्बासीलाई नपरोस् । वास्तविक सुकुम्बासीको तथ्यांक निकाल्न माथिका ३ विधि प्रयोग गरौं ।
देशभरी सासुका नाममा , भान्जाका नाममा वा गाममा भएका सबै सम्पती समेत छानबिन गरौं यो समस्या देश भरीबाटै समाधान गरौं । अहिले वालेन लाई मद्दत गरौं !!
के चै गर्दो रैछ भनेर काठमाडौका मेयरलाइ मात्रै केन्द्र नराखौ केन्द्रिय राजनीति गर्छु भन्नेले समेत यता तिर ध्यान दियौं ।
डोजरलाई रोक लगाउने होइन हुकुमवासीकोजति सब संरचना भत्काउने कार्यमा तोक लगाउन वालेन ले छोड्नु हुन्न भन्ने निष्कर्षमा छु म तर यो दीर्घकालीन समाधान भने होइन ।
यो राज्यको प्रमुख समस्या हो समाधान गरौँ । वर्षौ देखि सार्वजनिक सम्पतीलाई पुर्ख्यौली सम्पती सम्झी दोहन गर्नेलाइ हेर्दा मलाइ एउटै कुराले सताउछ। एउटा परिवार काठमाडौमा सामान्य हिसाबले बस्ने हो भने पनि घरभाडा मात्रै २० हजार माथी पर्छ । न्युनतम १५ वर्ष भन्दा कम समय अहिलेको हटकेक बनेको बस्तिमा बस्ने मानिस छैनन् । २० हजार प्रतिमहिना १५ वर्ष चलन गर्न दिदा ३६ लाख माथी आम्दानी भएको सम्झेर अन्य ब्यबस्था गर्नुपर्ने होइन र?!
राज्यले दिने सौलियत नै हो पुरै अनुदान दिन पूंजीवादले ग्रस्त समाजमा सम्पती पनि ब्यक्तिकै हुनेहुनाले राज्यको दायित्व सौलियत मात्रै बनाउदै लानु पर्दछ। सम्पन्न जिवनयापन बिताउने , गरगहना अलकार जोड्ने , बैक ब्यालेन्स गर्ने , महङ्गो शिक्षा र वैदेशिक शिक्षाकोलागि बालबालिका विदेशमा पठाउने यता सुकुम्बासी भनिरहन छोडौ, अब आ-आफुले मनन गरौं । दाजुभाइ दिदिबहिनी हरु जो पिडामा छन् वास्तविक सुकुम्बासी हुन् उनीहरुको लागि केही हुनेले गर्न सक्नेले हस्तक्षेप नगरी सहयोग गरौं । सधै अभावको दवाब बाट मुक्ति खोजौ।।