सर्लाही,मंसिर—११, जिल्लाको लालबन्दी नगरपालिका वडा नं.–१७ रानीगंजमा रहेको जनहित बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आईतवार (आज) सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चेत प्रसाद तिमल्सिनाको अध्यक्षता एवम् लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको संस्थका व्यवस्थापक टंकप्रसाद तिमल्सिना(प्रदिप) ले जानकारी दिएका छन् ।

साधारणसभाले चेतप्रसाद तिमल्सिना अध्यक्ष रहेको यस अघिको कार्यसमितिमा सामान्य थपघट गरि सोहि कार्य समितिलाई निरन्तरता प्रदान गरेको छ ।साधारणसभाले अघिल्लो कार्यसमितिको अध्यक्ष चेतप्रसाद तिमल्सिना,उपाध्यक्षमा गणेश बहादुर थापा,सचिवमा भिम बहादुर खड्का, कोषाध्यक्षमा हरिबहादुर लुङ्गेली, सदस्यहरुमा प्रमोद बराल, सरस्वली श्रेष्ठ, टेकबहादुर श्रेष्ठ ,युवराज घिमिरे रहेका थिए । साधारण सभाले रेखा जोशी र विष्णुबहादु अधिकारीलाई कार्यसमितिमा थप गरेको छ ।
त्यस्तै लेखा समितिमा पनि एक जना बहायक सवै पुरानैले निरन्तरता पाएको छ । तीन सदस्य लेखा समितिको संयोजकमा रामबहादुर खड्का,सदस्यहरुमा मिनबहादु पूर्वछाने र बुद्धिबहादुर सुनुवार रहेका छन् । पूर्वछाने नयाँ मनोनित सदस्य हुन् ।
त्यस्तौ संस्थाको ऋण उपसिमितिमा पनि पुरानैले निरन्तरता पाएको छ । जसको संयाजकमा हरिबहादुर लुङ्गेली, र सदस्यहरुमा जनकराज पौडेर र जनार्दन आर्चाय रहेका छन् ।
संस्थको उद्घान सत्रमा आफ्नो मन्तव्य राख्दै, लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले सहकारीसंग साझेदारको रूपमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताएका छन् । उनले कृषिलाई सहकारीसंग जोड्न आग्रह आग्रह गरे । कृषिको माध्यमबाट आयआर्जनका स्रोत वृद्धि गर्न सकिने भएकाले यसमा जोड दिनुपर्ने उनको तर्क थियो ।


नेफ्स्कूनका महेश बरालले सहकारीलाई ऋण लिने थलो मात्र नबनाई वास्तिबिक सहकारी बनाउन बचत गर्ने बानिको बिकाश गर्न आग्रह गरे । संस्थाको तर्फबाट स्वागत मन्तव्य राख्दै कोषाध्यक्ष हरिबहादुर लुङ्गेली, संस्थाका सदस्य प्रमोद वराल, रानीगंज गाविसका पूर्व अध्यक्ष चुडामणिा तिमिल्सिना, उपाध्यक्ष एवम् वडा नं.—१६ का वडाध्यक्ष गणेश बहादुर थापा, कालीन्जोर मा.वि का प्रधानाध्यापक दुर्गानन्द झा, फौदसिंह मा.वि.का प्रधानाध्यापक मीनबहादुर पूर्वछाने लगाएतका बक्ताहरुले सहकारीलाई उत्पादनसंग जोड्पर्ने धारण राखेका थिए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक टंकप्रसाद तिमल्सिना(प्रदिप)ले संस्थको आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०७८÷२०७९ मा संस्थाले रु १३८,९०७,७०४.०४ बरावरको कारोवार गरि रु २०,२५,१२८.१९ सुद्ध मुनाफा आर्जन गरेको बताए । कार्यक्रमको सञ्चालन संस्थका सचिव भिमबहादु खड्काले गरेका थिए ।