सर्लाही,मंसिर -१०,सर्लाहीको क्षेत्र नं, २ प्रतीनिधि सभामा सतारूल गठबन्धनका साझा उमेदवार महेन्द्र प्रसाद यादव बिजयी भएका छन् ।
राय २३ हजार ५ सय २९ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी लाेसपाका बरिस्ठ नेता राजेन्द्र महताेले २१ हजार ५ सय १६ मत प्राप्त गरेका छन् ।
यादवले महताेकाे भन्दा २ हजार १३ बढी मत प्राप्त गरेका छन् । यादवले यश अघि पनि साेही क्षेत्रबाट चुनाव जितेका थिए । उनी पूर्व कृषि तथा पशुपंक्षी मन्त्री हुन । उनले पटकपटक विभिन्न मन्त्रालयकाे जिम्मेवारी सम्हाली सकेका छन् ।
त्यसतै सर्लाही क्षेत्र २ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका नेता काैशल किशोर राय विजयी भएका छन् ।उनी ९६२६ मत प्राप्त गरि विजयी भएका हुनु ।
उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मेथुर चाैधरीले ९४४७ मत प्राप्त गरेका छन् ।रायले निकटतम प्रतिद्वन्द्वी भन्दा १७९ बढी मत प्राप्त गरेका हुन।
चुनावी प्रतिस्पर्धा विजयी राय नेकपा माओवादीकाे चुनाव चिन्ह लिएर प्रतिनिधि सभाका उम्मेदवार रहेका महिन्द्र राय यादवका साथ चुनावी अभियानमा थिए ।
रायको जित सँगै प्रतिनिधि सभा तर्फ सर्लाहीमा टिकट प्राप्त भएको एउटा क्षेत्र पनि जित्न नसकेको कांग्रेसले प्रदेश सभा तर्फ भने तीन सिट जित्न सफल भएको छ ।
कांग्रेसले सर्लाही क्षेत्र नं.२ प्रदेश सभा तर्फ (क)र(ख) दुवै सिट र क्षेत्र नं.४ (क) मा जित निकाल्न सफल भएको छ । प्रदेशने सभा विजयी राय नेपाल शिक्षक संघका पूर्व अध्यक्ष हुन ।