प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता हरि प्रसाद उप्रेती।

सर्लाही,मंसीर— ९, सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा एमाले नेता हरि प्रसाद उप्रेती विजयी भएका छन् ।
संविधानसभा सदस्य समेत रहेका उप्रेती पाँचदलीय गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्र साहले ३२ हजार १६८ मत प्राप्त गरे ।
२०७० सालमा भएको दोश्रो संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका उप्रेती २०७४ मा भएको निर्वाचनमा भने चुनाव लड्न पाएका थिएन्न । विजयी भएपछि नेता उप्रेतीले आफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएका छन् ।