सर्लाही,मंसिर -८, सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (१) म नेपाली कांग्रेसका उम्मेदवार पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंह विजयी भएका छन् ।
बुधबार राति अबेर सम्पन्न मतगणना अनुसार सिंह १ हजार ७७ मतान्तरले विजयी हुनु भएका हुन ।

सिंहले १५६९३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले ले १४६१६ मत प्राप्त गरेका छन्
सिंह यश अघि २०७४ काे निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनी नेपाली कांग्रेसको मधेस प्रदेश उपसभापति हुन । उनी मधेस सरकारकाे महिला बालबालिका युवा तथा खेलकुदमन्त्रीसमेत भइसकेका छन् ।