सर्लाही मंसिर -६,जिल्लाकाे धनकौल गाउँपालिका-५ ,छठिघाट पुलमा साेमवार राति १०:३५ बजे माेटरसाइकल दुर्घटना हुदा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा भारत सितामढी ग्राम पंचायत बहेरा सिजवा बस्ने दोरिक राय को छोरा अन्दाजी ४० वर्षका मुकेश राय यादव रहेकाे प्रहरीले जनाएको छ ।

यादव बरहथवा बाट मधुबनी तर्फ जादै गरेको BR 30 Z 4874 नं.को माेटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा यादव टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए ।
घाइते यादवलाई उपचार को लागी सन्जिवनी अस्पताल बरहथवामा ल्याइएकाेमा डाक्टरले मृत घाेषणा गरेका थिए ।मृतकको लास पाेस्टमार्टमकाे लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
सोही मो.सा.मा पछाडी सवार जि.सर्लाही बलरा न.पा.५ अर्नाहा बस्ने योगेन्द्र प्रसाद यादव को छोरा अं.बर्ष ४५ को संजय यादवको टाउको, अनुहारमा चोट लागि दुईवटा दाँत भाचिएकाे र उपचारको लागि बाराको L.S. न्युरोमा पठाईएको र घट्ना स्थलमा प्रहरीको टोलि खटिगई मो.सा.यस का.को नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत
प्रनाउ बिजय यादवले जानकारी दिए ।