सर्लाही,मंसिर -५,जिल्लाको ईश्वरपुर १२ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका १६ का अन्दाजी ४५ को कन्हैया चौधरी र महोत्तरी जिल्ला बर्दिबास नगरपालिका ६ का अन्दाजी २५ वर्षिय सुनिल आले मगर रहेका छन् । अन्य ३ जना घाईते भएका छन ।

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने फुलजोर जंगलमा दुई बिपरित दिशाबाट आइरहेका २ ओटा मोटरसाइकल एक आपसमा ठोक्कि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साेमवार (आज) बेलुकी  ६ :३० बजे  भएको दुर्घटनामा प्रदेश नम्बर २-०३-००४७८८४ नम्बरको मोटरसाइकल बाराका मृतक  कन्हैया चौधरीको चलाएका थिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडी सवार  सोहि ठाउँ वडा नम्बर ३ ब्रम्हपुरिका बर्ष ३२ का अजय कुमार पटेल गम्भीर घाइते भएका छन । उनको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागि बिरगंज पठाइएको छ ।

त्यसैगरी बिपरित दिशाबाट आउदै गरेकाे  ज ११ प ८१० नम्बरको मोटरसाइकलमा सवार  महोत्तरी जिल्ला बर्दिबास नगरपालिका सुनिल आलेकाे मगरको  मोटरसाइकल एक आपसमा ठोक्किएकाे थियो । माेटरसाइकल दुर्घटनामा टाउको र शरीरमा चोट लागेका मगरलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी  (डिएसपी) विजय यादवले जानकारी दिए ।

साेहि मोटरसाइकल पछाडि सवार २४ वर्षिया रुबिना तामाङ र युवराज राई घाइते भएका छन । उनिहरुको लालबन्दी १७ रानिगंजमा रहेको त्रिदेव हस्पिटलमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।