काठमाण्डौं,मंसिर—१, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँनेछन् । निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म प्रचारप्रसारका लागि समय सिमा निर्धारण गरेको थियो ।
सो अनुसार बिहिवार(आज) मध्यराति १२ बजेपछि मौन अवधि सुरू हुदै छ । मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न, ‘निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन ।
निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ। उम्मेदवारले सामाजिक सञ्जाल, अनलाइन तथा छापा माध्यबाट प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुपर्ने र लाइक,सेयर गर्न पाइँदैन आयोगले जनाएको छ । मतदान स्थल वरपर निर्वाचन बिथोल्ने गरी केही गर्न नपाइने,मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।