नेपाली कंग्रेस सर्लाही क्षेत्र नं.१ का नेताकार्यकर्ताहरूले गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चाैधरी, बेची लुङ्गेली र उपेन्द्र महताेले अत्याधिक मतकासाथ चुनाव जित्ने दाबी गरेका छन् ।
गठबन्धनका उम्मेदवारले चुना जित्दै गर्दा सर्लाही क्षेत्र नं.१ मा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवारले अत्यधिक मत प्राप्त गर्ने उनीहरूले दाबी गरे ।
आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.१ ले आयोजना गरेको वृहत् भेलामा बाेल्दै, कांग्रेस नेताहरूले यस्तो आग्रह गरेका हुन ।
वृहत् भेलाका वक्ता नेपाली कांग्रेसका नेताहरूले नगरपालिकाकाे मेयर भएको ५ वर्षिय कार्यकालमा लालबन्दी नगरमा करोडौं वेरूजु बनाउने भ्रष्टाचारको नाइके अहिले स्वतन्त्रतकाे नाम लिदै पुतली छाप चुनाव चिन्ह लियर चुनावी मैदानमा रहेकाले कांग्रेस कार्यकर्तालाई सचेतरहन आग्रह गरे ।
कांग्रेस नेताहरूले केपी वलीकाे तानाशाही प्रवृत्तिकाे अन्त्य, संविधान र लाेकतन्त्रकाे रक्षाका लागि पनि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जाेड दिए ।
गठबन्धनका तर्फबाट संघीय सांसद पदका उम्मेदवार रामप्रकाश चाैधरीले अहिले कांग्रेसकै सरकार रहेको र भाेली पनि कांग्रेसकै नेतृत्वमा सरकार हुनेबताए । लाेसपाले कांग्रेसको नेतृत्वमा गठनहुने सरकारलाई सहयोग गर्ने बताए ।
उनले सामप्रदायिकता भटकाउने प्रयास भइरहेकाले सचेत हुनु आग्रह गर्दै , सामप्रदायिक साेचकाे अन्त्य हुनुपर्नेमा जाेडदिए ।
संघीय सांसद पदका उम्मेदवार चाैधरीले आफू साचो अर्थमा आफू राष्ट्र सेवक बाट आएकाले राजनीतिलाई पेशा हैन सेवा गर्ने ठाउँको रूपमा लिएको बताए ।
बालेन, हर्क साङ्गपाङ ,कुलमान घिसिङ र महाबिर पुनकाे उदाहरण दिदै आफू पनिले पनि त्यहीँ अनुरूप परिवर्तनको प्रत्याभूति दिलाउने बताए ।
उनले नारायण खाेलामा अहिले पनि रूखकाे टुप्पोमा चडेर फाेनकाे नेटवर्क खाेज्नु पर्ने अवस्थ रहेकाले त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफुलाई मतदान गरेका मतदालाई र क्षेत्रका नागरिकलाई पछुताउनु पर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सर्लाही क्षेत्र नं. १ (ख) कि उम्मेदवार वेची लुङ्गेलीले संविधान, स्वाधीनताकाे रक्षा र प्रतिगामी तत्वलाई परास्त गर्न पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराईदिन आग्रह गरिन् ।
वृहत् भेलामा क्षेत्र (क) का उम्मेदवार उपेन्द्र महताेले आफुहरूलाई जिताउन नेपाली कांग्रेस नै काफी हुने बताउदै आफूले पाँच वर्षिय कार्यकालमा ५ सय कराेडकाे काम गरेको दाबी गरे ।
क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीकाे सभापतित्वमा सम्पन्न वृहत् भेलामा क्षेत्र (ख)का सभापति सीताराम दहाल,प्रमाेद बराल, सत्यदेव सिंह दनुवार,शिव गुर्मछाने,लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महताे,लालबन्दी नगरपालिका की उपमेयर कल्पना पाख्रिन,दिपक अधिकारी,कुबेर आचार्य,सुरेन्द्र न्याैपाने,साेनेलाल साह,शेष सहदुल्ला, प्रशान्त आचार्य, समानुपातिक उम्मेदवार द्वय लक्ष्मी प्रधान (गाेले)शर्मिला थापा,लगायतका नेताकार्यकर्ताहरूले नेपाली कांग्रेसका समानुपातिक तर्फका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अत्यधिक मत प्रदान गरेर जिताउन आग्रह गरेका थिए।
कार्यक्रम बाेल्ने क्रममा आफुलाई समय नदिएको भन्दै पूर्व मन्त्री एवम् कांग्रेसका पूर्व आमन्त्रित सदस्य शम्भुलाल श्रेष्ठले आपत्ति प्रकट गरेपछि केही बेर स्थिति तनावपूर्ण बनेको थियो ।