सर्लाही, कार्तिक -३०,सर्लाहीको दक्षिण पश्चिम सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाली काँग्रेसका तथा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मतदान गर्न नेपाली कांग्रेसका नेता,कार्यकर्तालाई अपिल गरेका छन् ।


सर्लाहीको विष्णु गाउँपालिकामा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गापा अध्यक्ष यादवले यस्तो अपिल गरेको हो।


कम्युनिष्टहरुका कारण सर्लाहीमा कुनै किसिमको परिवर्तन नहुने तर्क गर्दै, परिवर्तनका लागि लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न उने सबैसँग आग्रह गरेका छन् ।

https://fb.watch/gQujL9HNtH/


लाेसपाले चुनाव पछि नेपाली कांग्रेसकाे नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने निस्चित भएकाे भन्दै , गठबन्धन भित्रकाे दल लोसपाका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा उनको जाेड थियो ।


अधिकार पहिचानको लागि आफ्नो योगदान दिएका र पहिचान बादी नेताको रुपमा चिरपरिचित लोसपाका वरिष्ठ नेता महतोलाई साईकल छाप र नेपाली कांग्रेसका उम्मेदवारलाई रूख छापा मतदान गर्न अध्यक्ष यादवले आग्रह गरे ।