सर्लाही,कार्तिक —२८,जिल्लाको हरिवनमा मानसिक अवस्था ठिक नभएका अन्दाजी ३० वर्षिय केदार दर्लामी आईतावर मृत परेका छन् ।
उनि हरिवन वडा नं. १ मा रहेको मानव सेवा आश्रममा बिगत २ महिना अघि देखि बस्तै आएका थिए । दर्लामी सोही आश्रम भित्र रहेको पोखरीमा डुबी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मृतकका ठेगान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान पछि मृतकको लास पोस्मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्र.ना.उ. बिजय यादवले जानकारी दिएका छन् ।