सर्लाही,कात्तिक- २७,लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुर्व उपप्रधानमन्त्री राजेन्द्र महताे र जंगिलाल रायकाे निर्वाचन क्षेत्रन-२(क)हरिपुर्वामा भएको घरदैलो कार्यक्रममा स्थानीय उत्साहित भएको पाइएको छ ।
कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार जंगिलाल रायसँग उनको क्षेत्र का नागरिकले चुनाव जितेपछि अघिल्ला जनप्रतिनिधिले जस्तो नगर्न आग्रह गरे ।
यसअघिका चुनावमा जिताएर मन्त्री र सांसद भएका नेताले विकासका कामहरु नगरेकोले यसपटक आफुहरु गठबन्धनका साझा उमेदवार प्रतिनिधि सभा सदस्यको लागि लाेसपाका राजेन्द्र महतो र प्रदेश सभाको लागि नेपाली कांग्रेसका जंगिलाल राय लाई मतदान गरेर विजय गराउन आतुर रहेको बताउछन् ।
आफुहरु दुवै उम्मेदवार जिताउने पक्षमा रहेको हरिपुर्वा बिलट रायले बताएका छन् ।