सर्लाही,कार्तिक -२०, जिल्लाको हरिपुर नगरपालिका–७, चिताईनमा रहेको लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा आइतबार स्मार्ट कक्षाको उद्घाटन गरिएको छ ।
नगर प्रमुख (मेयर ) गोपाल पंजियारले स्मार्ट कक्षाको उद्घाटन गरेका हुन् । विद्यार्थीलाई प्रविधिको प्रयोग अधिकतम् प्रयोग गरि स्मार्ट बोर्डमार्फत अध्ययन अध्यापन गराउनेे उद्देश्यले पहिलो पटक स्मार्ट कक्षा सञ्चालन गरिएको हाे ।
सेभ द चिड्रेनकाे आर्थिक सहयोग र नगरमै रहेको ग्रामीण नारी उत्थान संघकाे समन्वयमा ४ थान स्मार्ट बोर्ड प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चेतनारायण धामीले जानकारी कार्यक्रम जानकारी दिए ।
रहेको ग्रामीण नारी उत्थान संघकाे समन्वयमा ४ थान स्मार्ट बोर्ड प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चेतनारायण धामीले जानकारी कार्यक्रम जानकारी दिए ।
कक्षा ७ सम्म पढाई हुने विद्यालयमा ३७० जना विद्यार्थी अध्ययनरत रहेका उक्त विद्यालयका प्रधानाध्यापक चेतनारायण धामीले बताए ।
स्मार्ट कक्षाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर पंजियारले शिक्षा स्वास्थ्यलाई र कृषिलाई उच्च प्राथमिकतामा राखेर बताए । उनले सय वर्ष शिक्षामा मात्र ६० लाख बजे विनियोजन गरेको बताउदै अन्य क्षेत्र पनि प्राथमिकतामा रहने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीको अध्यक्षता तथा मेयर पंजियारको प्रमुख आतिथ्यतामा आयोजित स्मार्ट कक्षा सञ्चालन कार्यक्रममा उपमेयर निलमदेवी राय, नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य एवम् बाैद्धिक व्यक्तित्व उदयनारायण चौधरी, शिक्षा शाखाका प्रमुख नागेश्वर राय, ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सेभ द चिड्रेनका शिक्षा संयोजक रामबाबु साह, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार,वडाध्यक्षहरूकाे आतिथ्यता रहेको थियो ।