सर्लाही,कात्तिक -१६,मधेसका प्रभावशाली नेता राजेन्द्र महतोले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि  सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ मा आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ।


     चुनाव नजिकिएसंगै उनले सर्लाही क्षेत्र न-२ (क )बाट प्रदेश सभा सदस्य उमेदवार जंगीलाल राय र २(ख ) बाट मेथुर चौधरीको साथमा अभियानलाई तिब्र पारेका हुन।


उनले अहिले चुनावी अभियानको क्रममा बिहान देखि अबेर रातिसम्म आफ्ना क्षेत्रका जनताहरुको घरदैलोमा पुगेर आम जनताको दु:ख,पीडा र समस्याहरुको बारेमा जानकारी लिई राखेका छन् ।
जनताको समस्या आफुले भलिभाँति बुझेकोबताउदै  उनीहरुको समस्या र दु:खलाई  आफ्नै समस्या र दु:खको रूपमा लिएको महतोले बताए ।
    महतो लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्ह साइकल  छाप लिएर चुनावी मैदानमा  छन् भने  साेही निर्वाचन क्षेत्रबाट गठबन्धनका अर्का सहयात्री  महेन्द्र यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।

    अहिले  गठबन्धन यी दुई  नेताहरु बिच ठुलो टक्करको स्थिति रहेको  स्थानीयले बताउँछन्  ।मधेसकै एजेन्डा अघि सारेर राजनीति गर्ने दुवै नेता ९ वर्षपछि एकअर्काविरूद्ध चुनावी मैदानमा उत्रिनुलाई अर्थपूर्णरूपमा हेरिरहेको छ।
    महतो र यादव दुवैले आफ्नो राजनीति यात्रा सर्लाहीबाट आरम्भ भएको हाे । दुवै नेता एकै पटक  चुनावी मैदानमा उत्रिएका व्यक्ति  हुन्।महतो २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सर्लाही क्षेत्र न-२ मा चुनाव लडेका थिए। उनले २०५६ सालमा  पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसदमा पुग्ने अवसर पाए। २०७४ सालको निर्वाचनमा महतोले धनुषाबाट विमलेन्द्र निधिलाई पराजित गरेका थिए।
    अहिले उनी क्षेत्र नं-२ मा गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।महतोसँगै क्षेत्र न-२ (क)मा प्रदेश सभा सदस्यको लागि चुनाव लडेका पुर्व सांसद जंगीलाल राय पनि संगै छन् । उनले यसपटक बजिमार्ने त्यस क्षेत्रका मतदाता बताउँछन् । सोही पदको लागि क्षेत्र न-२(ख) बाट चुनाव लडेका नेपाली कंग्रेसका उम्मेदवार  काैशल किशोर राय र पुर्व जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।उनिहरुले गर्दै आएको घरदैलो कार्यक्रममा ठुलो जनलहर देखिएको छ।यस क्षेत्रका जनताहरुले विकास र सम्वृद्धि चाहेका छन् ।

जनताहरुकै चाहना र इच्छालाई पूरा गरेर देखाउन विकास प्रेमी नेताहरू साथमा लिएर जनमत माग्न आफुहरु हरेक जनताको घरघर र दैलौदैलोमा पुगिरहेको महतोले बताए।
    क्षेत्र न-२ का जनताबाट आफुहरुलाईनै जिताउने आश्वासन पाइरहेको  प्रदेश सभा सदस्य उमेदवार जंगीलाल रायले बताए ।