सर्लाही कार्तिक -३, जिल्लाकाे सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गाेली प्रहार घटनामा संलग्न रहेको आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा एक नेपालीसहित ३ जना भारतीय नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय मलंगवाकाे संयुक्त टाेलीले अभियुक्तहरुलाई पक्राउ गरेकाे प्रहरी उपरीक्षक प्रविन पाेखरेलले बिहिवार (आज) पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।
पक्राउ पर्नेमा सर्लाहीकाे धनकौल गापा वडा नं. १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी,भारतकाे बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा वडा नं. ८ का १९ वर्षीय रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्याेगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा नं. १० का १९ वर्षीय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा नं. १२ का १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।
बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेराहरूले बागमती नगरपालिका-१, मिलनचाेक स्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवन सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।
प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्कीमाथि गाेली प्रहार गरेकाे थियाे । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका थिए । कार्कीकाे शरिरका विभिन्न ३ ठाउँमा गाेली लागेकाे प्रहरीले जनाएकाे छ ।
लालबन्दी नपा-२, जुटपानी निवासी ३० वर्षीय कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् अहिले ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार भईरहेकाे छ ।
पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर सुक्ष्म ढंगलेअनुसन्धान भईरहेकाे प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएको छ । अनुसन्धान पछि घटना कारण खुल्ने प्रहरीले जनाएकाे छ ।