सर्लाही,कार्तिक-३, सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले पूर्व प्रतिबद्धता अनुरूप काम गर्न थालेका छन् ।
उनले चुनाव जनतामाझ गरेको प्रतिबद्धता अनुरूप वडा स्तरमै समाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छन् ।

पालिका प्रमुख महताेकाे आग्रह अनुरूप बिहीबार(आज)बाट वडा नं ४ पोखरीयामा एनआईसी एसिया बयलबास ब्रान्चले जेष्ठ नागरिक,विधवा ,दलित जेष्ठ नागरिक, तथा अती अश्क्त र पूर्ण अंपागलाई समाजिक सुरक्षा भत्ता दिन सुरु गरेको एनआईसी एसिया बैंक बयलबास ब्रान्चका म्यानेजर मनिष प्रताप साहले जानकारी दिए ।


गाउँपालिका अध्यक्ष राजकुमार महतोले चुनावमा गरेको प्रतिबद्धता अनुसार वडा मै नै भतङ दिन सुरु गरेपछि समाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरु दंग परेका छन ।
चन्द्रनगर गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा वडा स्तरमा समाजिक सुरक्षा भत्ता प्रदान शुभारम्भ समारोहको गाउँपालिका अध्यक्ष महतोले उद्घाटन गरेका हुन ।
गाउँपालिका अध्यक्ष लगायत चन्द्रनगरका सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमा समाजिक सुरक्षा भत्ता वितरण गराई उदाहरणीय कार्य गरेको समाजसेवी मुनसिप महतोले बताए ।
चन्द्रनगरमा रहेको नबिल बैंकमा भता लिन जादा १ हजार सम्म अटो खर्च हुने अवस्था थियो, चर्को घाममा उभिनु पर्ने अवस्था थियो,´ लघुवा गाउँ देखि आउदा १२ किलोमिटर दुरी पार गर्नु पर्थ्याे अहिले त्यसको अन्तय भयाे हामीलाई धेरै खुसि लागेको छ,वडा नं ४ का स्थानीय शारदा खातुनले भनिन् । शुभारम्भ कार्यक्रममा बाेल्दै ,गाउँपालिका अध्यक्ष महतोले जनताको समस्या समाधान गर्नु आफ्नो दायित्व भएको बताए । उनले चन्द्रनगर पालिका नागरिक टाढा - टाढाबाट नबिल बैंकमा चर्को घाममा भिडभाड गरी लाईनमा उभिने अवस्था थियो,´बैंकले उचित व्यवस्थापन नगर्दा खर्च पनि बढने र स्थानीयले शास्ती पनि खेप्नु पर्ने अवस्था रहेको थियो,´ आफुले जनताको गुणासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट भत्ता वितरण गराएको हाे
,अध्यक्ष महतोले भने । आफु जनताको सेवक भएको हुदा याे समस्यालाई आफ्नै समस्या सम्झे अघि बढ्ने अध्यक्ष महतोले बताए ।
वडा नं ४ बाट भत्ता बाड्न सुरु गरिएको भए पनि क्रमशः ७ वटै वडामा भत्ता वितरण गरिने चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए ।
समाजिक सुरक्षा भत्ता वितरण शुभारम्भ कार्यक्रमा उपाध्यक्ष गिता देवी महतो,वडा नं- ३ का वडाध्यक्ष सिताराम महतो, वडा नं -२ का वडा अध्यक्ष शम्भु प्रसाद साह, वडा नं -७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं -४ का वडा अध्यक्ष राजिब सिंह दनुवार ,गाउँकार्यपालिका सदस्य, गाउँ सभा सदस्य सीता देवी, लालबाबु साह,ईन्दला देवी साह,समाजसेवी महावीर महतो, रामछबिला साह,मुनसिप महतो,पुर्व वडा नं -४ का वडा अध्यक्ष जग्दिश साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।