सर्लाही,कार्तिक -२,लुटेरा समूहले गोली प्रहारबाट जिल्लाको बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखम गम्भीर घाइते भएका छन् ।


सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले ४ गोली प्रहार गरेका छन् । बुधवारल (आज ) बिहान करिब साढे १० बजेतिर ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्र भित्र प्रवेश गरि प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए।
प्रतिकार गर्नेबितिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाईते कार्कीले बताए। गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्।

सगुनका अध्यक्ष केशव ढकालका अनुसार लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने एकिन हुन सकेको छैन ।


तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाईते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि केहीबेर अघि एम्बुलेन्समा काठमाडौं पठाइएको छ। हेलिकप्टर मगाइए पनि कुनै खाली नभेटिएकाले एम्बुलेन्स बाटै पठाइएको कार्यालय श्राेतले जनाएको छ ।


उनको प्रारम्भिक उपचारमा संलग्न सरस्वती अस्पतालका डा. राजीव साहका अनुसार कार्कीलाई ४ गोली लागे पनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा भने नदेखिएको छैन । लालबन्दी–२ जुटपानी घर भएका कार्कीले सगुनकाे मिलनचोक सेवा कार्यलय बाट शेयर सदस्यहरुलाई बित्तिय सेवा प्रदान गर्दै आईरहेको थियो ।