पर्सा,असोज—२७ , पर्सा प्रहरीले वीरगञ्जबाट साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया रहेका छन् ।
प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको हो ।


विशेष सूचनाको आधारमा रायलाई चरेश सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।