कृष्ण थपलिया /सर्लाही असाेज-२६,जिल्लाका पाँच दलिय गठबन्धनका प्रमुखहरूले मंगलवार संयुक्त विज्ञप्ति जारीगर्दै स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेताकार्यकर्ताहरूलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
विज्ञप्तिमा मुलुकको व्यबस्था परिवर्तनका लागि भएको बिभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरू कार्यान्वयनकै चरणमा रहेको अवस्थामा प्राप्त उपलब्धिहरू तत्कालिन प्रधानमन्त्रि के पी. ओलीवाट कुल्चने प्रयास भयो ।
निरंकुस राज्य सञ्चालन गर्ने अभिप्रायले प्राप्त व्यवस्था र संविधान माथि पटक पटक प्रहार गरियो । यसबाट मुलुकमा पर्न जाने समस्लाई मध्यनजरराख्दै तत्कालीन समयमा सम्पूर्ण राष्टवादी, लोकतान्त्रीक संघिय गणतन्त्र नेपाल र संविधानकाे रक्षा गर्ने सक्तिहरु एक ठाउँमा उामनुपर्ने आवश्यकता अनुरुप यो गठबन्धन भएको उल्लेख गर्दै, प्रतिगामी शक्तिलाई परास्त गर्दै प्राप्त उपलब्धिकाे रक्षा गर्न अझैपनि यो गठबन्धन आबश्यक रहेकाले त्यसै अनुरुप आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठवन्धन गरेर जाने निर्णय भएको हो,´विज्ञप्तिमा भनिएको छ, ।
विज्ञप्तिमार्फ गठवन्धनका लागि क्षेत्र बाँडफाँडमा, आकांक्षीहरुको व्यवस्थापनमा केहि कामि कम्जोरी भएको स्विकार्दै,प्रतिगामी शक्तिलाई गठबन्धन भित्रका दलहरुका साथीहरुले परास्त गर्न गठ्वन्धनमा इमान्दारी पूर्वक लाग्नु हालको आवश्यकता रहेको उल्लेख गर्दै,उम्मेदवारी फिर्ता लिइ
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अग्रह गरिएको छ।
विज्ञप्तिमा सम्पूर्ण गठवन्धन अन्तर्गत दलहरुका जिल्ला स्थीत माताहातका समितिहरुलाई आ-आफ्नो स्तरमा गठबन्धनका दलहरुसंग सहकार्य गरि अघि बढ्न आग्रह गर्दै,स्थायीत्व, बिकास र लोकतन्त्रको रक्षार्थ आम जनसमुदायमा गठबन्धनका उमेदवारहरुको पक्षमा मतदान गर्न अपिल गरिएको छ ।
उता कांग्रेस केन्द्रीय कार्यालयले पनि विज्ञप्ति जारी गर्दै, बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन निर्देशन दिएका छन् ।
तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मंगलबार दिउँसो गठबन्धनका ४ दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।