सर्लाही,असोज-२५, सर्लाहीको लालबन्दीमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र लालबन्दी शाखाले १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ ।


युनाईटेड होटलको सभाहलमा सुरु गरिएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिमको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो र हरिपुर्वा नगर प्रमुख बिनोद साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
प्रशिक्षक प्रशिक्षण तालिममा हरिपुर्वा,चन्द्रनगर,पर्सा र ब्रह्मपुरी गाउँपालिकाका रुपान्तरण सहजकर्ताहरुलाई आज देखि निरन्तर रुपमा १० दिन सम्म तालिम दिइने राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिए ।
तालिम अवधीभर चार वटै पालिका गरि ३० जना सहभागीहरुलाई रुपान्तरण कक्षा दिईने संरक्षण संयोजक साहले बताए ।
अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, वर्ल्ड एजुकेशन, वर्ल्ड भिजनको सहकार्यमा संचालन गरिएको तालिमकाे लागि १९ लाख लगानी गरि सहजकर्ताहरुलाई रुपान्तरण कक्षा सम्बन्धि दक्षता प्रदान गर्न लागिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले जनाएको छ ।

रुपान्तरण लाईफ स्किल कार्यक्रम चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको सल्लाह सुझाव अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले चार वटै पालिकाको लागि २९ लाख बजेट छुटयाएर कार्यक्रम लागू गरेको संरक्षण संयोजक साहले जानकारी दिए ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले अहिलेको युवाहरूमा जीवन उपयोगी सिपमुलक शिक्षाको अभाव रहेको बताए। समान्य औपचारिक शिक्षाले मात्र युवाहरूमा रोजगारी सिर्जना हुदैन, ´त्यसको लागि जीवन उपयोगी शिक्षाले आवश्यक छ,´गाउँपालिका अध्यक्ष महतोले भने, । उनले तालिममा सहभागी सहजकर्ताहरुलाई गम्भीर भएर सिकाई प्रक्रिया अगाडी बढाउन आग्रह गरे ।
हरिपुर्वा नगर प्रमुख साहले मन्त्वयको क्रममा सिकाई परियोजनाले हरिपुर्वामा ठुलो परिवर्तन भएको बताए ।राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले हरिपुर्वा नगरपालिका उल्लेख्य कार्य गरेको छ,´हामी पनि नगरको तर्फ बाट सहकार्य गर्छाै,साहले भने, ।उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंग, हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, चन्द्रनगर गाउँपालिकाक अध्यक्ष महतोका ,प्रशिक्षक बिन्दु बराल, वर्ल्ड भिजनका प्रतिनिधि चन्द्र न्यौपाने, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका प्रतिनिधि आदीत्य पट्टेल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।