मनाेज यादव /सर्लाही,आश्विन- २१, सर्लाही क्षेत्र नं.-२ मा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले विजया दशमी,दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयाेजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गठबन्धनलाई नमान्ने भनि दिइएको सार्वजनिक अभिव्यक्ति प्रति कार्यबाहक सभापति डा.सरोज कुमार यादवले आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।


बिहीवार (हिजो ) नेपाली काँग्रेसबाट निर्वाचित भएका क्षेत्र नं. २ का केही कार्यकर्ताहरूले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्ष्यित गर्दै, गठबन्धनलाई नमान्ने सार्वजनिक रूपमै उद्धाेष गरेका थिए ।
केन्द्रले गरेको निर्णयलाई चुनौती दिएर गठबन्धनबाट उठाइएको कुनैपनि उमेदवारलाई साथ नदिने भन्दै सार्वजनिक रुपमा गरेको उद्घोष प्रति कार्यबाहक सभापति डा. सराेजले आपत्ति प्रकट गरेका हुन।


उनले पार्टीले दिएको टिकटलाई मान्ने तर पार्टीले गरेको निर्णयलाई नमान्ने उद्धघाेषले दोहोरो चरित्रकै प्रदर्शित भएको बताएका छन् । ´पार्टीलाई विश्वास नगरेकै कारण उहाहरूकाे टिकट पउने अवस्था छैन`,डा.सराेजले भने । पार्टीले गरेको निर्णयलाई सर्वोपरि मानेर अगाडी बढ्नुको बाहेक अरु कुनै विकल्प नरहेको उनलेे बताए। क्षेत्रिय कार्यसमिति क्षेत्र नं -२, ले शुभकामना आदानप्रदानको नाममा कार्यक्रमको आयोजना गरेर आफ्नै पार्टीका कार्यकर्ता लगायत जनताहरुलाई अन्यौलमा पार्न खोजेको उनकाे आरोप छ ।

हालै सम्पन्न भएको स्थानीय तहको चुनावमा एउटा संयोजकको भूमिका निर्वाह गर्दै सक्षम उमेदवारको छनौट गरि टिकट बाँड्ने काम आफुले गरेको तर टिकट बाँड्ने क्रममा अडचन पैदा गरेका ब्यक्तिकै पछाडी लागेर पार्टीको निर्णय मान्न तयार नभएका काँग्रेसका सदस्यहरुले आफ्नै पार्टी प्रति अन्तर्घात गर्न खोजेको डा.सराेजले बताए। उनले आफु पार्टीको निर्णय पर्खेर बसिरहेको अवस्थामा एउटा जिल्लाको कार्यवाहक अध्यक्षको हैसियतले जिल्लामा कुनैपनि कार्यक्रमको आयोजना हुँदा आफुलाई कुनैपनि किसिमको जानकारी नगराएको र आफ्नो गैरहाजिरीमा पार्टीकै विरोधमा लागेर जनतालाई अन्यौलमा पारेको उनकाे आरोप छ । पार्टीको जिल्ला सभापति तथा नागेन्द्र कुमारको कारणले जिल्लाको २ नम्बर क्षेत्र गठबन्धनको अन्य दलमा परेको भन्ने भ्रामक कुराको प्रचारप्रसार प्रति मेराे घोर आपत्ति छ,´ डा.सराेजले भने ।
उनले क्षेत्र निर्धारण गर्द जिल्ला कार्यसमितिले २ नम्बर क्षेत्र लगायत सबै क्षेत्र जोडदार रुपले माग गरेको तर केन्द्रले जिल्ला सँग कुनै राय सल्लाह नगरी क्षेत्र निर्धारण गर्न खोज्दा सर्लाहीका सभापतिलगायत प्रदेशका ६ वटा जिल्लाका सभापतिहरुले केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र मार्फत असहमति जनाएको बताउदै , अनर्गल कुराको पछि नलाग्न क्षेत्रबासीहरुसँग आग्रह गरे ।