लालबन्दी,असाेज -१५,सर्लाही लालबन्दी -९, बस्तीपुर निवासी सृजना बस्नेतले आफ्नो जन्मदिनको अवसरमा संरक्षिति जेष्ठ नागरिकहरुलाई दिवा खाजासहित मिष्ठान्न भोजन गराएकी छिन् ।
लालबन्दी -२ मा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमका संरक्षित आमाबाबु तथा संरक्षण गरिएकाहरुसँग आफ्नो – सुख दु:ख बाड्दै फलफुल , खाजा ,जुस तथा ड्राइफुडसहित पुगेका बस्नेत दम्पतिलाई आश्रमका संरक्षक तथा प्रजातान्त्रिक आन्दोलनका स्थापित नेता एवम् जिउँदो इतिहास बासुदेवशरण कोइराला र श्रीमती मन्जु कोइरालाले स्वागत गरेका थिए । संरक्षित आमाबाबुहरुलाइ भेट्न पुगेकी सृजनाले आफ्नो भनाइ राख्दै आफ्नो वृद्धवृद्धासंग अत्यन्तै गहिरो अनुभव र साइनो रहेको रहेको बताइन ।
सृजनाले एक अनौपचारिक भेटघाटसहित आश्रममा जन्मदिन मनाउन पाँउदा आफुलाई निकै खुसिलागेको बताइन् । आफु २ वर्षकै उमेर देखि आफ्नी हजुर-आमाको काखमा हुर्किएको स्मरण गर्दै सानैमा अभिभावक गुमाउनुको पीडाका शब्दसँग सगै भावुक भएकी सृजनाले सबैको अभिभावक बन्नु भएकोमा आश्रमकि अध्यक्ष भवानी कोइराला प्रति सम्मान व्यक्त गरिन् ।
थुप्रै मार्मिक र सान्दर्भिक लेख रचना मार्फत लेखकको परिचयसमेत बनाएकी सृजनाले सामाजिक कुरीति , विवेद , अभिभावक विहिनताको अवस्था आदिका सन्दर्भमा कलम चलाएकी छिन् ।
नेपालको आप्रवासन ब्यबस्थापन र बैदेशिक रोजगारीका क्षेत्रमा समेत लामो समयदेखि काम गर्दै आएकी बस्नेत रामेछापको पुराना गाँउमा जन्मेकी हुन् ।
सानै उमेरमा आमा सँग अलग रही हजुर आमाको काखमा हुर्केकी सृजनाले आफ्नो हजुर आमा , बुवा र सहोदर काका समेतको आफैले अन्तिम दाहसंस्कार गर्नुपरेको पीडालाई आपसी कुराकानीमा भावुक हुँदै सुनाएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले चियाेचर्चाे खबरसंग बताइन् । उनीका अनुसार आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सकृय रहन चाहेकी सिर्जनालाई सबै संरक्षितहरुको तर्फबाट आशिर्वाद र सुभकामना प्रदान गरिएको छ ।