हरिपुर,असाेज-१२,सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको साना किसान कृषि सहकारी संस्थाको आज १६ औँ वार्षिक साधारण सभा बुधवार (आज) सम्पन्न भएको छ ।


संस्थाकी अध्यक्ष जमुना कुमारी धामीको अध्यक्षता तथा नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यता एवम् हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाले गत वर्षको हरहिसाब सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि बजेट समेत पेश गरेको छ । सोही सभामा संस्थाका ज्येष्ठ सदस्य, उत्कृष्ट व्यवसायी, बाल बचतकर्तालगायतलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।