सर्लाही,असाेज-११,जिल्लाकाे लालबन्दीमा मंगलवार (आज)दुई कृतिको एकसाथ विमाेचन तथा समिक्षा गरिएको छ ।
दुर्गा ढकालकाे पहिलो कृति अक्षरकाे पराकम्पन´र अन्जुदेवी भट्टराईकाे पुरानाे उपन्यास
रामु र श्यामुकाे बहादुरी´काे कार्यक्रमका प्रमुख अतिथि लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी ,उपमेयर एवम् विशिष्ट अतिथि कल्पना माया पाख्रिन,सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा ,चितवनका स्रष्टा गिरिराज धवलाकाेटी, अग्रज साहित्यकार पार्थमणी भट्टराई ,कवयित्री एवम् गीतकार सुशीला पाैडेल लगायतका स्रष्टाहरूले विमाेचन गरेका हुन ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै लालबन्दी नगरपालिका का प्रमुख वासुदेव अधिकारीले नेपाली साहित्यकाे बिकास र समृद्धिका लागि नगरपालिकाले यथासक्य सहयोग पुर्याउने बताउदै, विकृति विसंगतिका विरूद्धमा कलम चलाउन साहित्यकारहरूलाई आग्रह गरे ।
कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दीका सदस्य सचिव एवम् कवि तथा समालोचक सुमन घिमिरे `अग्रिम´घनश्याम पन्त,उत्तम दाहाल ,सुमीत्रा आचार्य, राजेश्वरी काफ्ले,सुशीला पाैडेल लगाएतका स्रष्टाहरूले विमाेचित कृतिको समिक्ष्यात्मक टिप्पणी गरेका थिए ।
सहित्यकार एवम् चितवनका स्रष्टा गिरिराज धवलाकाेटीले साहित्य सृजना गर्नेले यसको सिद्धान्तकाे पालना गर्नुपर्नेमा जाेड दिदै ,त्यसको लागि अध्ययन गर्न आग्रह गरे ।
अग्रज स्रष्टा पार्थमणी भट्टराईले लालबन्दीमा नेपाली भाषाका साहित्यकारहरू जुरमुराएकाे बताउदै , पुरूष भन्दा महिला अलि अघिरहेकाे आफुले पाएकाे बताए ।
कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीहरूले आ-आफ्नो रचना वाचन गरेका थिए । सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन युवा गजलकार मनेज बख्रेलले गरेका थिए ।