सर्लाही,असाेज-८,ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुने टिमका लागि लाग्ने सम्पूर्ण खर्च काे जिम्मेवारी ईश्वरपुर नगरपालिकाले लिने बताएका छन् ।


प्रतियोगिता आयोजक कालिन्जोर युवा समूहले शनिबार ईश्वरपुर-१२,काे वडा कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै मेर आचार्यले, राजनीति भन्दा माथि उठेर सद्भाव पस्किन आग्रह गरे ।
उनलेे काेभिडकाे बन्दमा,घरभित्र बन्दी भएका युवाहरूलाई खेलकाे माध्यमबाट बाहिर ल्याएको स्मरण गर्दै,खेलकुद प्रति सधैं आफ्नो माया र सद्भाव रहने बताए ।
हिजो युवाहरूलाई कुलतमा जान नदिन,स्वास्थ र तन्दुरुस्त युवा बनाउन बल बाड्दै हिडेकाे मनाेज आचार्यलाई यहाँ मेयरकाे जिम्मेवारी दिएकाले आफू भूगोलको राजनीति भन्दा माथि उठेर सद्भाव पस्किन लागिपरेको तर्क गरे । उनले राजनीति गर्छु भन्नेलाई सद्भावकाे बिकाश गरि सहयात्राकाे थालनी गर्न आग्रह गरे ।
उनले नगरकाे बिकट बस्ती गुईडुङमा बाटो र पानी पुर्‍याउन लागिपरेका बताउदै अहिले नै केहि भएन, केही गरेर नभनीदिन आग्रह गरे । प्रतियोगिताले आफू मेयरमा रहे पनि नरहे अब हेक वर्ष निरन्तर हने र मनाेज आचार्य फाउन्डेसनले सहयोग गर्ने बताउदै,अर्को वर्षबाट प्रतियोगिताको मुख्य आयाेजक ईश्वरपुर नगरपालिका र सह आयाेजक कालिन्जोर युवा समूह रहने बताए ।
प्रतियोगिताम मधेश प्रदेशको आठै जिल्लाका जिल्ला भलिबल संघमा आबद्ध आधिकारिक टिमहरूकाे सहभागी रहने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ ।
वडा कार्यालय परिसरकाे खेल मैदानमा आयोजना हुने प्रतियोगिताको बिजेताले १ लाख १ हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले पत्रकार सम्मेलनमा बताए ।
मधेश प्रदेशकै अग्लो स्थान दाबी गरिएको पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे झरना, पार्क, वनलगायत पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र खेलकै माध्यमबाट रमणीय क्षेत्रको रुपमा रहेको कालिन्जोरलाई देशैभरी चिनाउने प्रतियोगिताकाे मुख्य उद्देश्य रहेको प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष खड्काले बताए ।
प्रतियोगिता आयोजना गर्न १० देखि १२ लाख खर्च हुने प्रारम्भिक अनुमान रहेको बताउदै,आर्थिक समितिका संयोजक भिमबहादुर खड्काले नगरपालिका, खेल प्रेमि उद्योगी, व्यवसायीबाट सहयोग संकलन गरिने बताए ।
प्रतियोगिता जिल्लाको उत्तर–पूर्वी चुरेक्षेत्रस्थित ईश्वरपुर नगरपालिका वडा नं. १२ कालिन्जोरमा यही असोज १३ गतेदेखि १५ गतेसम्म हुदैछ ।