सर्लाही,असाेज-७,नेपाली उपभोक्ता संरक्षण महासंघ मधेस प्रदेशले शुक्रवार (आज) बजार अनुगमन गरेको छ ।
महासंघमा परेको उजुरीको आधारमा करदाता सेवा केन्द्र लालबन्दीका निमित्त प्रमुख सुरेन्द्र मण्डलकासाथ हरिवन बजारको अनुगमन गरेको महासंघका मधेस प्रदेश अध्यक्ष प्रमाेद थपलियाले जानकारी दिए ।
करदाता सेवा केन्द्र लालबन्दीका निमित्त प्रमुख सुरेन्द्र मण्डलका अनुसार केही पसलको अनुगमनका क्रममा विल र स्टक भेरिफाई गर्दा ,राजस्व छलि गरि भारतबाट ल्याइएका खाद्य तथा पेय पदार्थहरू फेला परेका छन् ।
उपभोक्ता संरक्षण महासंघ मधेस प्रदेशका अध्यक्ष थपलियाका अनुसार हरिवन -११ मा रहेको राेहित किराना पसलबाट ३ लाख ४६ हजार मूल्य बराबरको भारतीय कम्पनीको माउन्टेन डियू,हरिवनकै अनिल किरानाबाट -४० थान माउन्टेन डियू ,२७ थान काेकाकाेला र ३० पाेका(एक बाेरा) राजनिवास फेला पारि ईलाका प्रहरी कार्यालय हरिवनलाई बुझाएको छ।
अनुगमनका क्रममा नेपाली तेलको कार्टुनमा, भारतकाे बंगालमा बनेको तेल राखेर बेचिएको,तथा म्याद गुज्रिएको र कतिपय अखाद्य पदार्थसमेत फेला परेका छन् ।
व्यापारीले म्याद गुज्रिएका अखाद्य बस्तु तथा भारतीय सामानहरू खुलियाम बिक्रीवितरण गरिरहदासमे राज्य संयन्त्र टुलुटुलु हेरेर बस्नु दु:खकाे बिषय भएको अध्यक्ष थपलियाले बताए ।
राज्यको खाद्य अनुसन्धान बिभाग, जिल्ला प्रशासन कार्यालय,घरेलुु तथा साना उद्योग कार्यालयले लगायतका निकायलेसाथ दिएमा उपभोक्ता संरक्षण महासंघ मधेस काधमा काध मिलाए अघि बढ्न तत्पर रहेको अध्यक्ष थपलियाले बताए ।