कृष्ण थपलिया /सर्लाही
असाेज-६,सर्लाहीसहित मधेस प्रदेशमा विभिन्न कार्यक्रम गरि पर्यटन वर्ष –२०२२ मनाईने भएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले बिहिवार (आज) लालबन्दीकाे भण्डारी हाेटलमा पत्रकार सम्मेलन गरि प्रदेश स्तरमा हुने कार्यक्रमकाे बारेमा जानकारी गराएको हाे ।


जसअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा असाेज ९,१०र ११ गते तीन दिन सांस्कृतिक झांकी सहितको प्रभातफेरी , मधेस पर्यटनको साझा वेबसाईट शुभारम्भ,सबै होटल, बिमानस्थल र नेपाल प्रवेश द्वारमा बिहान आउने पर्यटकहरुलाई खादा माला मिठाईद्वारा स्वागत गरिने कार्यक्रम तय भएको आयोजक नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी याेन्जनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष याेन्जनका अनुसार आठै जिल्लमा रेडियो टिभिमा पर्यटन संग सम्बन्धित जानकारी मुलक छलफल गराउने , जानकारी मुलक होर्डिङ्गबोर्ड राख्ने,लोगो राखेर बेलुन उडाउने , जानकारी मुलक स्टिकर टांस्ने,होट्लहरुले बासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने,घटस्थापनाको अघिल्लो दिन असोज ९ गते बजार क्षेत्रकाे ससफाई गर्ने , १० गते प्रभात फेरी गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
भारतीय पर्यटकलाई आकर्षित गर्ने र सर्लाहीको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने कार्यक्रमकाे मुख्य उद्देश्य रहेको आयाेजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश सचिव मनाेज साह , प्रदेश सदस्य फेकु श्रेष्ठ ,गीता माझी सर्लाहीका प्रथम उपाध्यक्षविनोद मैनाली,द्वितीय उपाध्यक्ष नहकुल भण्डारी,तृतीय उपाध्यक्ष पुर्ण प्रसाद चौलागाई, महासचिव राजेश कुमार साह , काेषाध्यक्ष मनाेज कुमार ,लगायतको उपस्थिति रहेको थियो ।