सर्लाही,असोज- १ , पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै हर्षित भएकी छिन् ।


पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै ,उनीले आफुलाई आफ्नो क्षेत्रकै सवै भन्दा कान्छी उमेदवार भएको दावि गरीन्।
आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् ।
पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताइन् । मलाई विश्वास छ, “नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ”, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने लाग्ने बताउदै , पिडितहरुको अवाज बनेर काम गर्ने बताइन् ।
शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनीकाे भनाइ छ।
देश हाक्ने युवा नेतृत्वको माग भइरहेको बताउदै ,यसको लागि आफु सक्षम रहेकाले आफुले उम्मेदवारी दिएको बताइन् । सांसद बनेपछी विकासको लहर नयाँ तरिकाबाट गर्ने समेत नेतृ साहले बताइन् ।
क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ ।
साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ।, साह निकट नेता कार्यकर्ताले भने ।
पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै आफू नेपाली काँग्रेसमा सक्रिय रहेको बताइन् । स्नातक तह सम्मको अध्ययन गरेको बताउने साह, मास्टर डिग्रीको समेत तयारीमा रहेको बताउँछिन् ।
आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउदै,साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताइन्। प्रदेश सांसद उम्मेदवार साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी पत्रकार राकेश गुप्ताको श्रीमती हुनुहुन्छ ।