जनकपुर,भदौ -३०,मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई ८० वटा बुफर र संदेश मुलक जिंगल (बिज्ञापन ) प्रदान गरेको छ ।
बिहिवार (आज) एक कार्यक्रमकाे आयोजना गरि मधेस सरकारका महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले नेपाल प्रहरीका प्रदेश प्रमुख लाई उक्त बुफर र संदेश मुलक जिंगल( बिज्ञापन) प्रदान गरेका मन्त्रालयले जनाएको छ ।
प्रदेशमा बढ्दो दहेज कु-प्रथा ,बाल विवाह र महिला हिंसा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुफर र संदेश मुलक जिंगल प्रदान गरिएको बताइएकाे छ ।