काठमाण्डौं,भदौ -२६,  सर्लाहीका निवर्तमा जिल्ला समन्वय समिति प्रमुखसहित नगर तथा गाउँपालिका प्रमुखहरु एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा प्रायःजसो जनता  समाजवादी पार्टीका नेता कार्यकर्ता रहेका छन् । जिल्ला समन्वय समिति सर्लाहीका पूर्व सभापति मेथुर चौधरी, गत स्थानीय चुनावमा जनता समाजवादी पार्टी नेपालको टिकटबाट मलंगवा नगरपालिकाको मेयर पदमा चुनाव लडेका  निरसल साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्व सभापति चाैधरी २०७४ सालमा तत्कालीन राजपाको टिकटबाट जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा विजयी भएका थिए । गएको स्थानीय चुनावमा मलंगवा न.पामा जसपाको तर्फबाट  मेयर पदमा चुनाव लडेका पुर्व मेयर साहलाई नेपाली कांग्रेसका  उम्मेदवार वर्तमान  मेयर नागेन्द्र प्रसाद यादवसँग  पराजय बेहोर्नु परेका व्यक्ति हुनङ । उनी यश अघि २०७४ को स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट मेयरमा विजयी भएका थिए ।

   त्यस्तै सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने   पर्सा  गाउँपालिका का पूर्व अध्यक्ष एवम्  जसपा नेता किसुनदेव राय यादव र कौडेना गापाका पूर्व उपाध्यक्ष सुनिता जयसवाल पनि एमालेमा प्रवेश गरेका छन् ।  पर्सा गापाका पुर्व अध्यक्ष यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन फोरमबाट गाउँपालिका  अध्यक्षमा विजयी भएका थिए ।
भने कौडेना गापाका पुर्व उपाध्यक्ष एवम् जसपा नेतृ सुनिता जयसवाल तत्कालीन राजपाबाट विजयी भएकी थिइन् । उनीहरु आइतबार एकैसाथ  नेकपा एमालेमा प्रवेश गरेका हुन । नेकपा एमालेमा प्रवेश गरेका पुर्व जिसस प्रमुख चौधरी मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह र पर्सा गाउपालिकाका पुर्व अध्यक्ष एवम्  जसपा नेता किसुनदेव राय यादव लगायतका नेताहरुलाई नेकपा एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा एक कार्यक्रमको आयोजना गरि पार्टी अध्यक्ष तथा पूर्व  प्रधानमन्त्री केपी शर्मा ओलीले फुलमाला अबिर लगाएर स्वागत गरेको छ ।
जसपाबाट  कविलासी नगरपालिकाका मेयर भएका पुर्व मेयर कौशल किशोर यादव यसअघि नै  एमालेमा प्रवेश गरि सकेका छन्। यादव संगै जिसस सभापती चौधरी र मलंगवाका पुर्व मेयर निरसल साह लगायतका नेताहर जसपा छाडेर गएपछि पार्टीलाई ठुलो तरंग सृजना भएको छ। 
नेकपा एमाले सर्लाहीकाे अध्यक्ष राजनारायण साहाले जिम्मेवारी प्राप्त गरेसंगै मधेसवादी दलका नेता कार्यकर्ताकाे एमाले प्रवेशकाे लहड चलेको एमालेका एक नेताले बताए ।