धनकौल,

माघ ९—सर्लाहीको धनकौल गाँउपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । धनकौल गाँउपालिका–२, सहनी टोलमा शुक्रवार सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

एक कार्यक्रमका बिच सर्लाही क्षेत्र नं ४ का प्रदेश साँसद विरेन्द्र सिंहले सामुदायिक भवन शिलान्यास गरेका हुन ।

प्रदेश सांसद सिंहको सांसद विकास कोषबाट १४ लाख  र धनकौल गाँउपालिकाको १० लाख  गरी २४ लाखको लागतमा भवन निर्माण सम्पन्न हुने धकौल गाउँपालिकाले जनाएको छ ।

भवनको चालुआर्थिक वर्षमा निर्माण सरुगरी आगामी आर्थिक वर्षमा निमार्ण सम्पन्न

गर्न लक्ष्य रहेको  धनकौल २ का वडाध्यक्ष रामबहादुर सहनीले बताए  ।

सामुदायिक भवन बनेपछि त्यस क्षेत्रमा सभा समारोह, शुभकार्य , भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने छ ।