सर्लाही,भदौ -२५,जिल्लाकाे लालबन्दी नगरपालिकामा शनिवार (आज)स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर निर्माण हाम्रो अभियान नाराकासाथ सचेतनामूलक र्‍यालीम निकालिएको छ ।


लालबन्दी नगरपालिकाले मंगलवार सात दिने सूचना जारी गर्दै सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न आग्रह गरेको थियोे । सचेतनामुलुक र्‍याली सडक क्षेत्र खाली गराउन नगरपालिकाले गरेको प्रयासमा सहयोग पुर्‍याउने र्‍याली सहभागीले बताए ।
र्‍यालीमा लालबन्दी नगरपालिका, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श लालबन्दी, बाल संरक्षण संस्था लालबन्दी, लालबन्दी जेसिस लालबन्दी विध्यार्थी, प्रहरीको सहभागीता रहेको थियो ।

पश्चिम जनज्योती क्याम्पसबाट सुरू भएको र्‍याली पूर्व ईलाका प्रहरी कार्यालय अगाडि गएर टुंगिएको थियो ।
स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर निर्माण हाम्रो अभियान नाराकासाथ निकालिएको सचेतनामूलक र्‍यालीमा ठेलागाडी देखिका ठुला सम्पूर्ण व्यापारीहरुले सुन्दर र समुन्नत नगर निर्माण अभियानमा ऐक्यवद्धता जनाउँदै सचेतनामूलक र्‍यालीमा सहभागि भएका र्‍यालीका एक सहभागी युवा मनोज बख्रेलले जानकारी दिए ।
र्‍यालीका सहभागीहरूले सडकमा निर्माण सामाग्री नराख्न, सडकमा रहेका स्टल, पसल, ठेलागाडा, ई–रिक्सा, अटो, म्याजिक लगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।
नगरपालिकाले जारी गरेको सूचनाको कतै समर्थन कतै आलोचना भईरहेको बेला यहाँका सरोकारवाला संघसंस्थाले भने नगरपालिकाको योजनामा ऐक्यवद्धता जनाउँदै र्‍यालीमा सहभागि भएको बताएका छन ।
नगरपाकिाका सूचना अधिकारी रेवती प्रसाद पौडेललेका अनुसार सचेतनामूलक र्‍याली मार्फत फुटपाथ व्यापारीहरुलाई संरचना हटाउन सचेत गराइएको भएपनि भोलिदेखि संरचना नहटाए स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा ती संरचनाहरु नगरपालिकाले नै हटाउने र संरचना हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाट असुल उपर गरिने छ । नगरपालिकाले सडक क्षेत्र खाली गर्न दिएको समयसीमा यहीँ भदौ २७ गते सक्किदैछ ।