सर्लाही,भदौ-२४,नेपाली साहित्य र राजनीतिका शिखर पुरुष स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाकाे १०९ औ जन्म जयन्तीको अवसरमा शुक्रवार (आज) नेपाली कांग्रेस सर्लाहीले लालबन्दीमा एक कार्यक्रमकाे आयोजना गरी “जनताको साथमा कांग्रेस ” अभियानकाे समापन गरेको छ ।


नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे सभापतित्व तथा अभियानका केन्द्रीय प्रतिनिधि एवम् कांग्रेस केन्द्रीय सदस्य दिनेश यादवकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे समापन गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
कार्यक्रमका विशिष्ट अतिथी,सम्भुलाल श्रेष्ठ ,अतिथीहरू जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौसल किसोर सिंह,सचीव निरज कार्की , लालबन्दी र ईश्वरपुरका उपमेयर कल्पना पाख्रिन र रन्जिता चौधरी,प्रदेस सदस्य रामबाबु साह उदय नारायण चौधरी सर्मिला थापा मदन विश्वकर्मा लगायतका बक्ताहरूले नेपाली साहित्य र राजनीतिमा बि.पि.कोइरालाले पुर्याएकाे याेगदाकाे चर्चा गरेका कार्यक्रमका सन्चालक युवा नेता नारायण गुर्मछानले चियाेचर्चा खबरलाई जानकारी दिए ।