जनकपुर ,भदौ -२३,नेपाली कांग्रेस मधेस प्रदेश समितिकाे बिहिवार (आज)बसेकाे बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ ।
पार्टी कार्यालय जनकपुरमा सम्पन्न बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेस प्रदेशमा ६० प्रतिशत सिटकाे दाबी गर्ने निर्णय गरेको हाे ।
कांग्रेस मधेस प्रदेश सञ्चार बिभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार बैंककले सर्लाही क्षेत्र नं -४,का सांसद डा. अम्रेस कुमार सिंह र सिराहा क्षेत्र नं. ३ डा.सुवास यादव र सीतादेवी यादवसहितले उम्मेदवारका लागि दिएको निवेदन उपर छलफल गर्दै तीनैजनासहित निवेदन परेकाकाे नाम आवश्यक रायसहीत सिफारिस गर्ने निर्णय गरेको छ ।
उम्मेदवारका लागि क्षेत्र र जिल्लाकाे सिफारिसमा नपरेका सर्लाही क्षेत्र नं.४ का सांसद डा. अम्रेस कुमार सिंहले आफ्नाे नाम सिफारिसका लागि प्रदेश र केन्द्रमा निवेदन दिएको बताउदै, आफुलेनै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -४, बाट निकट प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै बैठकले आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै ,स्वर्गीय नेता प्रदिप गिरीकाे निधन प्रति दु:ख व्यक्त गर्दै,स्वक प्रस्ताव परित गरेको सञ्चर बिभाग प्रमुख गुप्ताले जानकारी दिए ।