सर्लाही,भदौ -२०,नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलंगवामा एक कार्यक्रमकाे आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे सभापतित्व एवम् केन्द्रीय सदस्य तथा जनताको साथमा कांग्रेस अभियानका प्रतिनिधि दिनेश यादवकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि यादव,बिष्ट अतिथिहरू,पूर्व मन्त्री एवम् वर्तमान सांसद नागेन्द्र कुमार यादव,पूर्व केन्द्रीय सदस्य जंगिलाल राय ,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ ,मधेस प्रदेश महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह लगाएतले कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई कदर पत्रकासाथ गम्छा ओडाएर सम्मान गरेका थिए ।
साे अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाईसमेत सम्मान गरिएको थियोे ।साेमवार मलंगवा स्थित कुसुम पाटी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले मंसिर ४ गते हुने निर्वाचनमा जीत हासिल गर्न आन्तरिक द्वन्दकाे अन्त्यहुनुपर्नेमा जाेड दिएका थिए ।
नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेज कुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सञ्चालन कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले गरेका थिए ।