विवश पाैडेल/सर्लाही,भदौ -१८,कवि तथा गीतकार डा. नवराज लम्साललाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९ बाट सम्मान गरिएको छ ।
उनलाई शनिवार (आज) सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बीच सो पुरस्कारबाट सम्मानित गरिएको हो ।


स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. लम्सालकृत ‘अग्नि’ महाकाव्य ‘ पुरस्कारका लागि छनाैट गरिएको थियाे ।
पुरस्कारको राशी नगद ५० हजार रुपियाँ रहेको छ । यस्तै, १० हजार रुपियाँ राशीको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०७९ पत्रकार क्षितिज विश्वकर्मालाई प्रदान गरिएको छ ।
त्यसैगरी, सर्लाही गौरव सम्मानबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी र गजल सारथी सम्मानबाट गजलकार घनेन्द्र ओझालाई सम्मान गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।
स्रष्टाहरूलाई लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय, भाषा आयोगका सदस्य गोपाल अस्कर, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुलुम्बु लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका हुन । त्यसैगरी, कार्यक्रममा जिल्लाको साहित्य क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तिहरुलाई पनि प्रसंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख संरक्षकत्व/अभिभावकत्व प्रदायक लालबन्दी नगरपालिका का प्रमुख (मेयर )वासुदेव अधिकारीले प्रथम साहित्यिक सहिद कृष्ण लाल अधिकारी स्मृति पुरस्कार प्रत्येक वर्ष प्रदान गर्नका लागि लालबन्दी नगरपालिका सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दै ,संस्था अघि बढाउनकाे लागि आवश्यक संरचना निर्माणमा आगामी वर्ष देखि बजेट व्यवस्थापन गरिने बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. लम्सालले आफुले सन्तुष्टिका लागि लेखेकाे भएपनि आफ्ना अनुभव र भाेगाईले पुरस्कार पाउँदा खुशि लागेकाे बताउदै ,लालबन्दी नगर वाङ्मय परिषद् प्रति कृतज्ञता व्यक्त गरे ।
सर्लाही गौरव सम्मानबाट सम्मानित व्यक्तित्व वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले पहिला पहिला साहित्यकाे लागि मरूभूमी तुल्य सर्लाही जिल्ला अहिले गाैरव गर्न लाएककाे भएको तर्क गरे ।
लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा ,सचिव सुमन घिमिरे “अग्रिम” ले स्वागत मन्तव्य राखेका थिए भने, गजलकार विवश पाैडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सर्लाही,राैतहट धनुषा लगाए स्थानका साहित्य सर्जकहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।