सर्लाही, भदौ -८, जिल्लाको हरिपुर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन हरिपुरले संयुक्तरुपमा विभिन्न माग राख्दै नेपाल सरकार विरुद्ध आन्दोलित भएका हुन ।
हरिपुर नगरपालिकामा कार्यरत छैठाै तहका कर्मचारी विनय पौडेलका अनुसार आन्दोलित कर्मचारीहरूले निजामती कर्मचारी आवद्ध रहेका संयुक्त ट्रेड युनिय सञ्जाल मार्फत कर्मचारी मैत्री र सेवा मैत्री हुने गरि संघी / प्रदेश र स्थानिय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने क्षेतिपुर्ती सहितको नागरीक सेवा प्रवाहको सुनिश्चितता गर्नुपर्ने , तीनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिभाषामा समावेश गरेर तीनै तहमा कायम हुने गरि तहगत प्रणली लागु गर्नुपर्ने ,तीनै तहमा अन्तरसमबन्ध कायम हुने सुनिश्चितता सहित राष्ट्रिय स्तरका ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका छन् ।
यसैगरी कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर्नुपर्ने राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता सहित पे कमिशन गठन गर्नुपर्ने ,तिनै तहमा कार्यरत कर्मचारीहरुको समान अवधीमा वृत्ती विकासको सुनिश्चितता गर्नुपर्ने ,अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको न्यायोचित व्यवस्थापन गर्नुपर्ने ,सबै पदका कर्मचारीहरुको पदसोपान अनुसार तलबमान कायम गर्नुपर्ने संघ, प्रदेश र स्थानिय तह मध्ये एक तह बाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्नुपर्ने उनीहरूकाे माग रहेको छ ।