मलंगवा, श्रावण -३१,सर्लाही प्रहरीले स्रोत नखुलेको रकम तथा सुनसहित दुई युवकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा डोटी जिल्ला शिखर नगरपालिका वडा नं- ७, घर भई हाल काठमाण्डाैं जिल्ला कपन -१० ३० वर्षीय हर्क बहादुर कठायत र सोही माेटरसाइकलमा पछाडी सवार भक्तपुर चाङगु नारायण नगरपालिका वडा नं.-२, दुवाकोटका ३१वर्षी बिशाल खत्री रहेका छन् ।
प्रहरीले साेमवार साँझ ६ :३० बजे जिल्लाकाे बरहथवा नगरपालिका वडा नं.- ११,स्थित हिरापुर ब्यारेजबाट उनिहरूलाई पक्राउ गरेको हाे ।
नाँयारोड बाट हिरापुर तर्फ जादै गरेको प्रदेश ०२- ०३३ प ७७५० नं को माेटरसाइकल चेकजाँच गर्ने क्रमम उनिहरूले बाेकाेकाे लेदरको झोला भित्रबाट स्रोत नखुलेको नेपाली पैसा ३६ लाख रुपैया र अन्दाजी मूल रु १९ लाख ५८ हजार बरबारकाे सुनको गहनाहरु सिक्री एक थान र ब्रास्लेट एक थान (तौल दुई सय तेत्तिस ग्राम दुई सय असी मिल्ली) र मोटरसाईकलसमेतबरामद गरी प्रआवश्यक कार्वाहीको मंगलवार (आज) सर्लाही भन्सार कार्यालय मलंगवामा पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।